© 2023
ललितपुर। ललितपुरको हरिसिद्धिमा सञ्चालित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नाक, कान र घाँटीसम्बन्धी क्यान्सरको उपचारमा विश्वस्तरीय सेवा प्रदान गरिरहेको दाबी गरेको छ । अस्पतालका कार्यकारी अध्यक्ष डा सुदीप श्रेष्ठले टाउको र घाँटीसम्बन्धी क्यान्सरको उपचारमा दक्ष जनशक्तिको उपयोग र आधुनिक प्रविधिको प्रयोगमा विश्वस्तरीय प्रतिस्पर्धात्मक सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।