© 2023
ललितपुर । मल्ल राजा सिद्धिनरसिँहको पालादेखि यहाँ हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा बिहीबार सम्पन्न भएको हो । कुनै पनि दैवी प्रकोप नहोस् र विश्वमै शान्ति कायम रहोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ ।