© 2023
गण्डकी। पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायको डिनमा प्रा डा ज्ञानेश्वर शर्मा नियुक्त हुनुभएकोछ । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका प्रा डा शर्मालाई व्यवस्थापन सङ्कायको डिन पदमा चार वर्षका लागि नियुक्त गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो