२५ पुष २०८१, बिहीबार
,
Latest
रवि धरौटी बुझाएर कास्कीबाट रिहा, जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुने, रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतको आदेश-पूर्णपाठ बीमा कम्पनीले संकलन गर्ने प्रिमियम रकम विकास निर्माणमा लगानी गर्नुपर्छः अध्यक्ष ढकाल धरौटी बुझाए लगत्तै रवि लामिछानेलाई काठमाडौं ल्याइने सूर्यदर्शन सहकारी ठगी प्रकरणः कोसँग कति धरौटी माग ? छविलाल जोशीलाई धरौटीमा छोड्न आदेश रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजदूत तुम्बाहाम्फेबाट ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ: गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । मङ्गलबार  सियोलमा आयोजित एक समारोहमा उहाँले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो  । प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गर्नुभएको सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ