© 2023
काठमाडौँ । जर्मन तथा बायर्न म्युनिखका फरवार्ड जमाल मुसियाला कम्तिमा ४–५ महिना मैदान बाहिर रहने भएका छन् । गएराति क्लब विश्वकप अन्तर्गत पिएसजीसँगको खेलमा घाइते बनेका उनको खुट्टामा डरलाग्दो चोट लागेको थियो । चोटपछि प्रारम्भिक परीक्षणले देखाएको अनुसार मुसियालाको बायाँ फिबुला भाँचिएको छ र धेरै लिगामेन्टहरूमा क्षति पुगेको छ ।