२५ असार २०८२, बुधबार
,
Latest
काठमाडौंको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना गर्न नेकपा एसको निर्देशन सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, कानुन संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन, आन्दोलनका सबै कार्यक्रम… टिमुरे खोलाबाट बगाएका प्रहरीमध्ये एकको शव चितवनमा भेटियो, दुई अझै बेपत्ता रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते गायक राजेशपायलमाथि पूर्वपत्नीको यौन हिंसा आरोप नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा रिहा गर्ने आदेश झाँक्रीलाई समाजवादीको अल्टिमेटम : ७ दिनभित्र स्पष्टीकरण, नत्र निष्कासन सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुसियाला कम्तिमा ४–५ महिना मैदान बाहिर रहने



अ+ अ-

काठमाडौँ । जर्मन तथा बायर्न म्युनिखका फरवार्ड जमाल मुसियाला कम्तिमा ४–५ महिना मैदान बाहिर रहने भएका छन् ।

गएराति क्लब विश्वकप अन्तर्गत पिएसजीसँगको खेलमा घाइते बनेका उनको खुट्टामा डरलाग्दो चोट लागेको थियो ।

चोटपछि प्रारम्भिक परीक्षणले देखाएको अनुसार मुसियालाको बायाँ फिबुला भाँचिएको छ र धेरै लिगामेन्टहरूमा क्षति पुगेको छ ।

पिएसजीका गोलकिपर डोनारुम्माले उनीमाथि ट्याकल गरेका थिए । बललाई नियन्त्रणमा लिने क्रममा डोनारुम्मा मुसियालामाथि हाम फालेर बल समात्न पुगे ।

२२ वर्षीय मुसियालाको चोटबाट क्लब बायर्न म्युनिख र जर्मन टोलिलाई निकै क्षति पुगेको छ । उनी दुबैका लागि प्रमुख खेलाडी हुन् ।