२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुसियाला कम्तिमा ४–५ महिना मैदान बाहिर रहने



अ+ अ-

काठमाडौँ । जर्मन तथा बायर्न म्युनिखका फरवार्ड जमाल मुसियाला कम्तिमा ४–५ महिना मैदान बाहिर रहने भएका छन् ।

गएराति क्लब विश्वकप अन्तर्गत पिएसजीसँगको खेलमा घाइते बनेका उनको खुट्टामा डरलाग्दो चोट लागेको थियो ।

चोटपछि प्रारम्भिक परीक्षणले देखाएको अनुसार मुसियालाको बायाँ फिबुला भाँचिएको छ र धेरै लिगामेन्टहरूमा क्षति पुगेको छ ।

पिएसजीका गोलकिपर डोनारुम्माले उनीमाथि ट्याकल गरेका थिए । बललाई नियन्त्रणमा लिने क्रममा डोनारुम्मा मुसियालामाथि हाम फालेर बल समात्न पुगे ।

२२ वर्षीय मुसियालाको चोटबाट क्लब बायर्न म्युनिख र जर्मन टोलिलाई निकै क्षति पुगेको छ । उनी दुबैका लागि प्रमुख खेलाडी हुन् ।