© 2023
बागलुङ। बागलुङको निसीखोला गाउँपालिकामा गत वर्ष मात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण निसीखोलाका केही दुर्गम गाउँमा अझै स्वास्थ्य जागरण पुग्न नसकेको हो । निसीखोलामा घरमै हुने सुत्केरीको संख्या पालिकाको तथ्यांकमा आउन नसक्दा झनै समस्या थपिएको