© 2023
काठमाडौँ । चलचित्र पत्रकार तथा समीक्षकहरूको साझा संस्था चलचित्र समीक्षक समाज (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक गरेको छ । समाजले आज एक विज्ञप्ति जारी गरी २०८२ सालमा प्रदर्शित नेपाली चलचित्रमध्येबाट ‘अवार्ड का लागि सहभागी भएका चलचित्रहरूको मूल्याङ्कनपछि विभिन्न आठ विधाका विजेताको नामावली सार्वजनिक गरेको हो ।