© 2023
काठमाडौं । कक्षाकोठामा बसेर पढ्नुपर्ने कक्षा ५ का विद्यार्थी मनिष बस्नेत केही दिनयता सडकमा ग्यासको सिलिण्डर कुर्दै छन् । घरको चुलो निभेपछि खाना पकाउने ग्यासको अभावमा उनी शनिवारदेखि काठमाडौंको एक साँघुरो गल्लीमा सिलिण्डर लिएर लाइनमा बस्न बाध्य भएका हुन् । सामान्य अवस्थामा यतिबेला विद्यालयको पोशाकमा कक्षाकोठामा साथीहरूसँग पढिरहेका हुने मनिषको