२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खाँदबारीमा सुक्खा पहिरोले एक घर भत्कियो

सङ्खुवासभा। खाँदबारी नगरपालिका–४ सेकाहा च्यानडाँडामा सुक्खा पहिरो खस्दा स्थानीय धर्मगुरु दोर्ची लामाको घर पूर्ण रूपमा भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार आज बिहान खसेको पहिरोले जस्तापाताले छाएको दुईतले ढुङ्गामाटोको घर पूरै क्षति बनाएको हो । घटनामा मानवीय वा पशुचौपायाको क्षति नभए पनि करिब पाँच लाख