© 2023
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले शुक्रबार बिहान नेकपा एमालेको समर्थनसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए