© 2023
काठमाडौं । ललितपुरमा गएराति परेका भारी वर्षाका कारण केही ठाउँ डुवानमा परेका छन् । खोलाको सतह बढ्दा वस्ती डुवानमा परेका हुन् । हात्तीवनस्थित कोटकु खोलामा सतह बढेको छ । योसँगै हात्तीवनको सिटी स्केप अपार्टमेन्ट डुवानमा परेको छ । यहाँका बासिन्दाले आफ्ना सवारी साधन निकालेर मूल सडकको दायाबाया राखेका छन् ।