काठमाडौं । ललितपुरमा गएराति परेका भारी वर्षाका कारण केही ठाउँ डुवानमा परेका छन् ।
खोलाको सतह बढ्दा वस्ती डुवानमा परेका हुन् ।
हात्तीवनस्थित कोटकु खोलामा सतह बढेको छ । योसँगै हात्तीवनको सिटी स्केप अपार्टमेन्ट डुवानमा परेको छ ।
यहाँका बासिन्दाले आफ्ना सवारी साधन निकालेर मूल सडकको दायाबाया राखेका छन् ।

तस्बिरहरु : प्रकृति अधिकारी










