© 2023
बेनी । धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भू–भागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्न थालेको छ । बेनी नगरपालिका–५ स्थित गाजनेको धुरीमा रहेको केभहिल अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ