५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कला प्रदर्शनी : एक हजार बढी कला पारखीद्वारा अवलोकन

काठमाडौं । नेपाल कला परिषद् बबरमहलमा ललितकलाकी कलाकार कृति शाह ‘चन्द’को दोस्रो एकल चित्रकला प्रदर्शनीको एक हजार बढी कलापारखीले अवलोकन गरेका छन् । यही फागुन १९ गतेदेखि सुरु भएर आज सकिएको उक्त प्रदर्शनीमा अग्रज कलाकार, प्राध्यापक, साहित्यकार, युवा तथा विद्यार्थीहरू गरी एक हजारले अवलोकन गरेको कलाकार शाहले जानकारी गराउनुभयो ।