© 2023
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण गरी त्यहाँबाट प्रदान गरिने सेवा प्रवाह, कैदीबन्दीको सङ्ख्या र अवस्थालगायतका विषयमा जानकारी लिनुभएको छ । निरीक्षणपछि मन्त्री आर्यालले कारागारलाई साधन÷स्रोत सम्पन्न बनाउन र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने सन्दर्भमा सुधारका योजना ल्याउन निर्देशन दिनुभएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिनुभयो ।

कारागार व्यवस्थापन विभागले देशभरका कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी दिन भन्दै सार्वजनिक अनुरोध पनि गरेको छ । यस वर्ष