© 2023
काठमाडौँ । अनलाइन सट्टेबाजी नियन्त्रण गर्न सरकारले कडा कदम चालेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले देशभर सञ्चालनमा रहेका ७ हजारभन्दा बढी सट्टेबाजीसँग सम्बन्धित एप तथा वेबसाइट बन्द गराएको जनाएको छ। प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई यस्ता एप र यूआरएल तुरुन्तै बन्द गर्न निर्देशन दिइएको