२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कामा थप ८ मन्त्रीद्धारा राजापाक्षसमक्ष सपथग्रहण



अ+ अ-

कोलम्बो । श्रीलङ्कामा गठित नयाँ सरकारमा आठ मन्त्री थप गरिएको छ । उनीहरुलाई सोमबार राष्ट्रपति गोटावाय राजापाक्षसमक्ष सपथ खुवाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

देशमा उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने भन्दै अघिल्लो हप्ता नयाँ सरकार गठन गरिएको थियो । त्यही सरकार विस्तार गर्ने क्रममा सोमबार ८ मन्त्री थपिएका हुन । राष्ट्रपति राजापाक्षले अघिल्लो हप्ता रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

देशमा उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कटको मुख्य कारण तत्कालीन सरकार भएकाले विघटन गर्नु पर्ने माग गर्दै आन्दोलन भइरहेको थियो । लगातारको आन्दोलनका कारण तत्कालिन प्रधानमन्त्री महेन्दा राजापाक्षले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि विक्रमासिङ्घेलाई नियुक्त गरिएको हो ।

नयाँ प्रधानमन्त्री विक्रमासिङ्घेले सरोकारवालाहरुसँग सहकार्य गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप मार्फत आर्थिक सङ्कट समाधानका उपायहरु अपनाउन थाल्नु भएको छ । उहाँको मन्त्रीपरिषद्मा मत्स्यपालन मन्त्री दौग्लास देवानन्द, जल तथा आपूर्ति मन्त्री केहेलीया रामाबुक्वेला, कृषि मन्त्री महिन्दा अमारावीरा र उद्योग मन्त्री रमेश पथिरानालाई बनाइएको छ ।