२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच वार्ता



अ+ अ-

ग्वान्जाउ । चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीकाबीचमा वार्ता भएको छ । हाल चीनको भ्रमणमा रहनुभएका पाकिस्तानी विदेशमन्त्री जर्दारी र चिनियाँ विदेशमन्त्रीका बीचमा आइतबार ग्वान्जाउमा भेटवार्ता भएको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानी विदेशमन्त्री जर्दारी यही मे २१ मा चीन भ्रमणमा जानुभएको थियो । त्यस क्रममा आइतबार उहाँहरुका बीचमा वार्ता भएको बताइएको छ । त्यसक्रममा पाकिस्तानले चीनलाई महत्व दिएको र नयाँ सरकारका विदेश मन्त्रीले भ्रमणका रुपमा चीनलाई छानेकामा चीन खुसी भएको विदेशमन्त्री यीले बताउनुभएको समाचारमा जनाइएको छ ।

हालै पाकिस्तानको विदेशमन्त्रीमा नियुक्त हुनुभएका जर्दारीले प्रारम्भिक रुपमा नै चीनको भ्रमणको कार्यक्रम तय गर्नुभएको थियो । त्यस क्रममा उहाँले पाकिस्तानको विकासका विभिन्न क्षेत्रमा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।

साथै त्यस क्रममा पाकिस्तानी विदेशमन्त्री जर्दारीले पाकिस्तान सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको जानकारी दिनुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।