७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीको पुल निर्माण अलपत्र

नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीको पुल निर्माण अलपत्र
अ+ अ-

कावासोती । पाँच वर्षअघि नवलपरासी पूर्व नवलपुर र तनहुँ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पुल अलपत्र परेको छ ।

नवलपरासी पूर्व नवलपुरको बौदीकाली–३, रकुवा र तनहुँको घिरिङ सुन्धारा–१, जगौली जोड्ने गरी कालीगण्डकी नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको हो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ मङ्सिरमा निर्माण सम्झौता भएको पुलको काम १५ प्रतिशत मात्र सम्पन्न भएको छ । पुल निर्माणको ठेक्का लिएको महावीर, गौरीपार्वती, नीलगिरी नेशनल जेभीले समयमा नै काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको हो । पुलका लागि ल्याइएको सामग्री यत्रतत्र छरिएका छन् । छडलगायतका सामग्री खिया लाग्न सुरु गरेको छ । पुल निर्माणस्थलको बौंदीकाली–३ रकुवातर्फमा दुई पिल्लरबाहेक कुनै काम हुनसकेको छैन ।

पुल निर्माणस्थलमा बेलाबेला १०/१२ जना कामदार ल्याउने र केही काम गर्ने गरेको भए पनि २०७९ वैशाखदेखि निर्माणस्थलमा कामदार आएका छैनन् । वर्षाको समयमा यसै काम नहुने र अहिले काम गर्न मिल्ले समयमा समेत निर्माणको काम नगरी अलपत्र पारेको स्थानीयवासीले समेत गनासो गरेका छन् ।

पुल निर्माणको काम २०७७ मङ्सिरमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको भए पनि पछि २०७८ चैतभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । त्यसपछि म्याद थप नभएको पुल योजना सेक्टर नं ४ पोखराका डिई नवराज बाँस्तोलाले बताउनुभयो ।

सरकारले काममा लापरबाही गर्ने र समयमा नै काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भने पनि निर्माण सम्पन्न गर्नुपर्ने समय समाप्त भइसकेकाले यस्ता कम्पनीलाई कारबाही अघि नबढाइएको स्थानीय श्याम पाटाको गुनासो छ ।

पुल निर्माणका विषयमा निर्माण कम्पनी महावीर, गौरीपार्वती, नीलगिरी नेशनल जेभिका प्रतिनिधि युवराज डाँगीसँग बुझ्दा निर्माण सामग्रीको मूल्य बढेकाले मूल्य समायोजन नभएसम्म काम गर्न नसकिने बताउनुभयो ।

सुपरीवेक्षण गर्ने निकाय पुल योजना क्षेत्र सेक्टर नं ४ का सव इञ्जिनीयर सुशील अधिकारीले हालसम्म काम सम्पन्न भइसक्नुपर्नेमा पटक–पटक निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झौता अनुसार काम नगरिदिँदा पुल निर्माणको काम १५ प्रतिशत मात्र भएको छ, हामीले ताकेता गरिरहेका छौं ।” कूल रु २२ करोड ९८ लाखको लागतमा निर्माण सुरु गरिएको पुल २११ मिटर लम्बाइको हुनेछ ।