७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुर्याउछौँ : नगर प्रमखु लिम्बू

सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुर्याउछौँ : नगर प्रमखु लिम्बू
अ+ अ-

कञ्चनपुर । दोधरा चाँदनी नगरपालिकाका नवनिर्वाचित प्रमुख किशोरकुमार लिम्बूले सामाजिक सुरक्षाभत्ता घरमै पुगेर वितरण गर्ने बताउनुभएको छ ।

बैंकहरुलाई आवश्यक प्रक्रिया पूरा गरी घर–घरमै सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउन निर्देशन दिइएको जानकारी उहाँले दिनुभयो । नगरको मुख्य समस्याको रुपमा रहेको डुवान र कटानको समस्या समाधानका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरीे समस्या समाधन गरिने नगरप्रमुख लिम्बुले जोड दिनुभयो । “पटक–पटक देखापर्ने सीमा समस्या समाधानका लागि केन्द्र सरकारसँग पहलका लागि कार्य अगाडि बढाउछौँ” उहाँले भन्नुभयो, “भारतीय अधिकारीसँग समन्वय गरी सीमा विवाद समाधानका लागि प्रयत्नशील रहने छौँ ।”

शैक्षिक क्षेत्रको विकासका लागि गुणस्तीय शिक्षामा जोड दिने र नगरपालिकास्तरीय छात्राबास निर्माणसँगै नगरस्तरीय पुस्तकालय स्थापना गरिने, एक वर्षभित्रै छाडा चौपाया व्यवस्थापन गरिने र मदिरा बिक्री गरी जीविका चलाउनेलाई स्वरोजगार बनाउनका लागि सीपमूलक तालिम दिइने नगरप्रमुख लिम्बुले बताउनुभयो । नगरमा अवैधरुपमा मदिरा विक्री वितरणमा पूर्ण रोक लगाइने र काम गर्ने व्यक्तिलाई मात्रै अनुदानका कार्यक्रममा समेटिने उहाँको उहाँको भनाइ थियो ।