२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध



अ+ अ-

जाजरकोट । लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

शनिबार बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

आज बिहानदेखि उक्त ढलेका रुख हटाएर प्रशारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । १३३ केभी प्रशारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्ने वित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गर्दछ । गएरातिदेखि सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

राति रुख ढलेका कारण विद्युत् समस्या भएको स्थान पत्ता लगाउन मुस्किल भएको प्राधिकरणले बताएको छ । लुम्बिनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रदेशमा विद्युत् प्रशारण लाइन आउने गर्दछ । विद्युत्मा हुने समस्याले गर्दा काममा बाधा पुगेको सेवाग्रही बताउँछन् ।