५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा बिहानैबाट वर्षा, सतर्कता अपनाउन अनुरोध



अ+ अ-

काठमाडौं। आइतवार बिहानैबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वर्षा शुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने बताईएको छ ।

आइतबार, सोमबार र मंगलबार पहाडी भू-भाग र देशका अधिकांस स्थानमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षा हुने भएको कारण महाशाखाले वर्षासँगै आउने बाढी र हावाहुरीले क्षति पुर्याउने जनाउदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सामान्य देखि मध्यम सम्मको चट्याङसहित बर्षा हुने महाशाखाले आइतबार विहानै विज्ञप्ती मार्फत जानकारी गराएको हो ।