२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँका नौ पालिकामा कांग्रेस र एमाले चाररचार, एकमा माओवादी



अ+ अ-

दमौली । तनहुँका आजसम्म गणना गरिएका नौ पालिकामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले)ले चार/चार र नेकपा (माओवादी केन्द्र) एक स्थानमा विजयी भएका छन् । यहाँका दश पालिकामध्ये व्यास नगरपालिकामा भने मतगणना जारी छ ।

कांग्रेसबाट भानु नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, शुक्लागण्डकी नगर प्रमुखमा कृष्णराज पण्डित, ऋषिङ गाउँपालिका अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, देवघाट गाउँपालिका अध्यक्षमा तिलबहादुर थापा विजयी हुनुभएको छ । बन्दीपुर गाउँपालिका उपाध्यक्षमा पञ्चमाया गुरुङ, म्याग्दे गाउँपालिका उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी हुनुभएको हो ।

एमालेबाट घिरिङ गाउँपालिका अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिका अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, भिमाद नगर प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, बन्दीपुर गाउँपालिका अध्यक्षमा सुरेन्द्र थापाले जित हासिल गर्नुभएको छ ।

माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिका अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, शुक्लागण्डकी नगर उपप्रमुखमा खुमबहादुर विक, देवघाट गाउँपालिका उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी हुनुभएको छ ।

यसैबीच जिल्लाका ८५ वडामध्ये हालसम्म ७४ वडाको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये कांग्रेसले ३८ वडामा जित हासिल गरेको छ । एमालेले २६ र माओवादी केन्द्रले छ वडा जितेका छन् । स्वतन्त्रबाट चार जनाले वडाध्यक्षमा विजय हासिल गरेका हुन् । व्यास नगरका १४ मध्ये ११ वडाको नतिजा आउन बाँकी छ ।