७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

‘राजनीतिक सहमति, सहकार्य र एकताका साथ काम गर्छु’ : नवनिर्वाचित प्रमुख गिरी

‘राजनीतिक सहमति, सहकार्य र एकताका साथ काम गर्छु’ : नवनिर्वाचित प्रमुख गिरी
अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र वितरण गरेको छ ।

बिहीबार सम्पन्न मतगणनामा सो नगरपालिकाको प्रमुख पदमा घनश्याम गिरी १५ हजार ४७५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । सो नगरपालिकाको सभाहलमा आज आयोजित कार्यक्रममा नवनिर्वाचित प्रमुख गिरीलाई निर्वाचन अधिकृत सिर्जना थपलियाले प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा निर्वाचन अधिकृत थपलियाले वडाध्यक्षसहित अन्य सदस्यलाई पनि निर्वाचित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सो अवसरमा नवनिर्वाचित प्रमुख गिरीले आफ्नो पहिलो कार्यकालमा अधुरा रहेका विकासका योजना पूरा गर्दै ‘उत्पादन रोजगार र बजारीकरण : प्रविधियुक्त सुशासन’ भन्ने नाराका साथ नयाँ काम थालनी गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म राजनीतिक सहमति, सहकार्य र एकताका साथ नगरको विकासमा काम गर्नेछु, मलाई अमूल्य मत दिइ दोस्रो कार्यकालका लागि पुनःप्रमुख पदमा निर्वाचित गर्नुहुने नगरवासीलाई धन्यवाद दिन्छु, नगरवासीको सुझाव, सल्लाह र भावनानुसार अगामी विकासका काम गर्नेछु ।”

सो अवसरमा निर्वाचन अधिकृत थपलियाले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, सुरक्षाकर्मीलगायत नगरवासीलाई धन्यवाद दिनुभयो । कार्यक्रममा चन्द्रागिरिका कार्यकारी अधिकृत नीरज पौडेलले नवनिर्वाचित जनप्रतिनिधिलाई कर्मचारीका तर्फबाट साथ र सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

प्राज्ञिक एवं विकासप्रेमी नेताका रुपमा सुपरिचित गिरी कांग्रेसका तर्फबाट पुनःप्रमुख पदमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो भने वडा नं १, ३, ४, ७, ८, ९, ११, १३ र १५ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसका तर्फबाट नवनिर्वाचित वडाध्यक्ष वडा नं १ मा हरिश्याम रानामगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल हुनुहुन्छ ।

यसैगरी नेकपा (एमाले) का तर्फबाट उपप्रमुखमा वसन्ती श्रेष्ठ निर्वाचित हुनुभएको छ । सो पार्टीका तर्फबाट वडाध्यक्षमा वडा नं ६ मा सञ्जय सिग्देल, वडा नं १० मा शिवकुमार महर्जन, वडा नं १२ न्हुच्छेबहादुर महर्जन र वडा नं १४ मा राजभाइ महर्जन निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)बाट वडा नं २ मा भाइकृष्ण तामाङ र वडा नं ५ मा राजेन्द्र महर्जन निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि नगरपालिकामा ४७ हजार २६४ मतदाता कायम भएकामा यस पटकको निर्वाचनमा ३६ हजार ७१२ ले मतदान गरेका थिए । यसपटकको निर्वाचनमा २२ मतदानस्थल र ५६ मतदान केन्द्र तोकिएको थियो ।