९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र

महोत्तरीको सम्सीमा जसपा र सोनमामा लोसपा विजयी

महोत्तरीको सम्सीमा जसपा र सोनमामा लोसपा विजयी
अ अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका जिल्लाको सम्सीमा जसपा नेपालका रामनाथ यादवले तीन हजार ८९३ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका उत्तिमप्रसाद यादवले दुई हजार ५८२ मत ल्याउनुभएको छ ।

त्यस्तै उपाध्यक्ष पदमा जसपा नेपालकै अनिता कुमारीले तीन हजार २९५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उर्मिला देवी साहले दुई हजार ६८२ मत ल्याउनुभएको छ ।

यसैक्रममा जिल्लाको सोनमा गाउँपालिकामा लोकतान्त्रिक पार्टी नेपालका विशेश्वर यादवले चार हजार १०८ मत ल्याएर अध्यक्ष पदमा विजयी प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोकुल यादवले तीन हजार २४३ मत ल्याउनुभएको छ । त्यस्तै उपाध्यक्ष पदमा लोसपा नेपालकै जहिदा खातुनले तीन हजार २९८ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रञ्जिता देवीले तीन हजार २४३ मत ल्याउनुभएको छ ।