२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनुहँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी



Nepali Congress
अ+ अ-

तनहुँ । तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद नेपाली कांग्रेसले जितेको छ । नगरप्रमुखमा आनन्दराज त्रिपाठी १२ हजार २५२ मत ल्याई निर्वाचित भए । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का सीतारमा बजगाईं नौ हजार ४३ मत हासिल गरी पराजित गरे ।

यसैगरी उपप्रमुख पदमा उमा गोतामे निर्वाचित भएकी छन् । उनले १० हजार ५४७ मत पाइन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत प्राप्त गरे ।

भानु नगरपालिकामा १३ वटा वडा छन् । तीमध्ये नौ वटा वडामा नेपाली कांग्रेस, दुई वटामा एमाले र दुईवटामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पद जितेका छन् ।