१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

‘जनताको बहुदलीय जनवादीलाई हामीले आत्मासात गर्न चाहन्छौं’- अध्यक्ष नेपाल (भिडियो सहित)

‘जनताको बहुदलीय जनवादीलाई हामीले आत्मासात गर्न चाहन्छौं’- अध्यक्ष नेपाल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताउनु भएको छ । अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढने पनि बताउनु भयो ।

अध्यक्ष नेपालले माओ, होचि मिन्हजस्ता नेताहरुले विश्व कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । उहाँले भन्नु भयो, ‘जनताको बहुदलीय जनवादीलाई हामीले आत्मासात गर्न चाहन्छौं । र त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं । विश्वका विभिन्न देशहरुमा कम्युनिष्ट पार्टीहरुमा एकसे एक नेताहरुको उदय भएको छ ।

र उनीहरुको महत्वपूर्ण भूमिकाले त्यो देशको कम्युनिष्ट आन्दोलन निरन्तर रुपमा अगाडि बढेको छ । चीनमा माओजस्ता नेताहरु, देङसेवापिङ जस्ता नेताहरु जन्मे । त्यसैगरी भियतनाममा होचि मिन्हलगायतका नेताहरु जन्मे । र कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाए । हामी कहाँ पनि पुष्पलाल जस्ता नेताहरु, मनमोहन अधिकारी जस्ता नेताहरु, मदन भण्डारीजस्ता नेताहरु जन्मिए । तुलसीलाल जस्ता योद्धाहरु देखा परे । ती सबै योद्धाहरुप्रति हामी गौरव बोध गर्दछौं । उहाँहरुको जीवनबाट प्रेरणा लिएर हामी अघि बढछौं ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने कामलाई जोड दिने बताउनु भयो । उहाँले त्यसका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुन पनि आफू निकट पार्टीका युवा संघका नेता, कार्यकर्तालाई सचेत पनि गराउनु भयो । अध्यक्ष नेपालले पार्टीमा आवद्ध युवाहरुले सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले पार्टीका युवाहरुले कृषि फार्म, माछा पालन, तरकारी खेती, फलफूल खेतीलगायतका उत्पादनशील क्षेत्रको काममा लाग्नुपर्नेमा पनि जोड दिनु भयो ।