१३ मंसिर २०८१, बिहीबार
,
Latest
आम्दानीको स्रोत तरकारीखेती भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिगमा लिभरपुलको लगातार पाँचौ जित प्रधानमन्त्रीको चीन भ्रमण, परराष्ट्रमन्त्री राणा आज छेन्दु जाँदै ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा कुलमानको एक्सन: विद्युत महसुल नतिर्ने उद्योगको कारोबार रोक्काका लागि राष्ट्रबैक, कम्पनी रजिष्ट्रार र धितोपत्रबोर्डलाई पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ लाख जरिवाना तोकिएका व्यक्ति बूढानीलकण्ठबाट पक्राउ



अ+ अ-

काठमाडौँ । अदालतबाट एक दिन कैद र रु नौ लाख जरिवाना तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–३ बस्ने वर्ष ३७ का प्रकाश रेग्मी रहेका छन् । उनले विसं २०७६ कात्तिक १० मा मुक्तिनाथ विकास बैंक लिमिटेड महाराजगञ्ज शाखामा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएका थिए ।

उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनको यही जेठ ३ गतेको फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा एक दिन कैद र रु नौ लाख जरिवाना हुने ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले आज उनलाई बूढानीलकण्ठबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरेको जनाइएको छ ।