२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पाको रम्भामा मतगणना अझै सुरु भएन



अ+ अ-

रामपुर । पाल्पाको रम्भा गाउँपालिका मत गणना कार्य अझै सुरु हुन सकेको छैन । वडा नं. ५ ताहुँको मत गणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ वजेदेखि गणना कार्य अगाडि बढ्न सकेको छैन ।

मत गणनामा खटिएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले टिपोट गरेको सङ्ख्यामा एकरुपता नभएपछि विवाद हुँदा गणना कार्य स्थगित भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताउनुभयो । निर्वाचन आयोगबाट मत गणना गर्न आदेश आए पनि दलहरुबीच विवाद हँुदा प्रक्रिया अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।

खसेको मतभन्दा ७४ वटा मत फर्जी भेटिएपछि विवाद भएको हो । यहाँ एक हजार ९२२ मत खसेको थियो । सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् । मतगणना स्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालय रम्भाले विभिन्न चरणमा बैठक बसी स्थगित गतगणना सुरु गर्न प्रयास गरिएपछि सफल नभएको जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा नौ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ ।