१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

नेपाल एक चीन नीति प्रति सदैब प्रतिबद्ध: राष्ट्रपति भण्डारी (भिडियो सहित)

नेपाल एक चीन नीति प्रति सदैब प्रतिबद्ध:  राष्ट्रपति भण्डारी (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ ।  राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव दृढतापूर्वक उभिएको बताउनु भएको छ । राष्ट्रपति भबनमा आयोजित सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ नेपाली संस्करण पुस्तकको लोकार्पण एवं खण्ड ३ को परिचयात्मक समारोहलाई सम्बोधन गर्दे राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पार्नुभएका छ ।

उहाँले नेपालको बहुआयामिक विकासका लागि मित्रराष्ट्र चीनबाट निरन्तर  सहयोग प्राप्त गर्दै आएका स्मरण गर्दे पछिल्ला वर्षहरूमा चीन सरकारद्वारा प्रवद्र्धन गरिएको ‘बेल्ट एण्ड रोड पहलʼको नेपाल सदस्य बनेको पनि बताउनु भयो । राष्ट्रपति भण्डारीले हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाललाई नेपालले अवसरका रूपमा ग्रहण गरेको उल्लेख गर्दे नेपाललाई भू–परिवेष्ठित राष्ट्रबाट भू–जडित राष्ट्रका रूपमा विकास गर्नका लागि चिनियाँ भूमि हुँदै समुद्रसम्म पहुँच प्राप्त गर्न हाम्रा दुबै देशबीच सम्झौताहरू भएका जनाउनु भएको छ ।

सम्बोधनमा उहाँले     पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दे यस क्षेत्रमा हाम्रो साझेदारीलाई थप सघन तुल्याउनु पर्ने सुझाब दिनु भएको छ ।  राष्ट्रपति भण्डारीले नेपाल चीन सहकार्यबाट उत्पादित शैक्षिक जनशक्तिको सदुपयोग गरी समृद्धिको यात्रालाई सफल बनाउनु पर्ने खाँचो रहेको बताउनु भयो ।

राष्ट्रपति भण्डारीले   विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई विश्व समुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिक रूपमा सर्वसुलभ बनाई सबैको पहुँच सुनिश्चित गर्ने महामहिम सीको मानवतावादी प्रतिवद्धताबाट नेपाल लगायत विश्वका धेरै देशहरू लाभान्वित भएको भन्दै चीनिया नेतृत्वको उच्च प्रशंसा गर्नुभयो ।

 उहाँले  नेपालका लागि कोभिड–१९ विरूद्धको अभियानमा मित्र राष्ट्र चीनद्वारा उपलब्ध गराइएका खोप, स्वास्थ्य सामग्री र मानवीय सहयोगका लागि म नेपाली जनता र नेपाल सरकारको तर्फबाट मित्र राष्ट्र चीनका जनता र सी प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।  उहाँले  चीनले शासकीय प्रवन्ध र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलता आजको विश्वमा आम चासो, चिन्तन र जिज्ञासाको विषय बन्न पुगेको बताउनु भयो । 

 कार्यक्रम नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीन बीच परापूर्व कालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको बताउनु भयो । उहाँले भूगोल र प्रकृतिले हामीलाई एक अर्कासँग निकट बनाएका उल्लेख गर्दे हाम्रा दुई देशलाई महान बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको बताउनु भयो ।

दुवै देशले पारस्परिक मित्रता एवं विकासमा साझेदारीलाई ठूलो महत्व दिएका पनि राजदुत यान्छीले उल्लेख गर्नुभयो । चीन अध्यायन केन्द्रका कार्यबहाक  अध्यक्ष सुन्दरनाथ भट्टराईले पुस्तक चीनको बिकासका बारेमा बुझ्न कोशेढुङ्गा बन्ने उल्लेख गर्नुभयो ।