२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा एमालेलको जित



अ+ अ-

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । काठमाडौँका नगरपालिकाहरुमा एमालेको प्रमुख पदमा यो दोस्रो जित हो ।

एमाले उम्मेदवार मिठाराम अधिकारी १४ हजार २५० मत ल्याई प्रमुख पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसे ११ हजार ५१२ मत ल्याई पराजित भए ।

बूढानीलकण्ठको उपप्रमुखमा एमालेकै उम्मेदवार अनिता लामा १४ हजार ३१४ मत हासिल गरी निर्वाचित बनेकी छन् । कांग्रेसकी उपप्रमुख उम्मेदवार रमिला वाग्ले ११ हजार ९७२ मत पाई पराजित भइन् ।

यसअघि काठमाडौँको टोखा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भइसकेका छन् ।