२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीको भोक्राहामा कांग्रेस विजयी



Nepali Congress
अ+ अ-

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सोही पार्टीका सुनिता उराँव निर्वाचित हुनुभएको छ । उहाँहरुले क्रमशः चार हजार ६०६ र तीन हजार ९७४ मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नवनिर्वाचित अजमलका प्रतिद्वन्द्वी नेकपा (एमाल) का उम्मेदवार तथा निर्वतमान गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले तीन हजार २७१ मत र निर्वाचित उपाध्यक्ष उराँवकी प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी उम्मेदवार तथा निर्वतमान गाउँपालिकाका उपाध्यक्ष पुनमकुमारी मेहताले दुई हजार ६१८ मत प्राप्त गर्नुभएको थियो ।

भोक्राहा नरसिंह –१ मा राप्रपाका लक्ष्मण मेहता, वडा नम्बर–२ मा न कांग्रेसका आलम अन्सारी, वडा नम्बर–३ मा नेकपा (एकीकृत समाजवादी) का धीरेन्द्रकुमार यादव, वडा नम्बर–४ मा कांग्रेसका हारुन अन्सारी, वडा नम्बर–५ मा राप्रपाका हविव मंसुरी, वडा नम्बर–६ मा कांग्रेसका सराजुद्धिन अन्सारी, वडा नम्बर–७ मा राप्रपाका बौवालाल यादव र वडा नम्बर–८ मा कांग्रेसका हाजी उसमान मियाँको प्यानल विजयी भएका छन् ।