२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङको दश पालिकामध्ये पाँचमा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयीः दुईको मतगणना जारी



अ+ अ-

देउखुरी । दाङका दशमध्ये आठ पालिकामा कांग्रेस र तीनमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । दुई उपमहानगरपालिकाको नतिजा भने आउन बाँकी छ ।

नेपाली कांग्रेसबाट लमही नगरपालिकाको प्रमुखमा जोगराज चौधरीले नौ हजार ३१७ र उपप्रमुखमा कांग्रेसकै लक्ष्मी योगीले आठ हजार ७३७ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यसैगरी बबई गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कुलबहादुर खत्रीले छ हजार ६१५ र उपाध्यक्षमा कांग्रेसकै बमकुमारी खड्काले पाँच हजार ४७९ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै शान्तिनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै प्रमोद बस्नेतले पाँच हजार ७१६ र उपाध्यक्षमा कांग्रेसकै प्रेमाकुमारी बुढाथोकीले पाँच हजार ७५० मत ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शम्भु गिरीले पाँच हजार ४६७ मत ल्याएर विजय हुनुभएको छ भने उपाध्यक्षमा सोही पार्टीका पिमा वली खड्का पाँच हजार ४७९ मत ल्याएर विजय हुनुभएको छ । त्यस्तै राजपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शरद बुढाथोकीले तीन हजार ९८० र उपाध्यक्षमा सोही पार्टीका धनपतीदेवी यादवले तीन हजार ८३६ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यस्तै गढवा गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का यमनारायण शर्मा (विश्वास)ले छ हजार ९०९ र उपाध्यक्षमा नेपाली कांग्रेसका शारदाकुमारी चौधरीले पाँच हजार ८८१ मत ल्याएर विजयी भएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

बङ्गलाचुली गाउँपालिकामा माओवादी केन्द्रका सुवास पुनले पाँच ७४१ र उपाध्यक्षमा कांग्रेसका भक्तबहादुर जीसीले पाँच हजार ९४५ मत ल्याएर विजय हुनुभएको छ । त्यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्टले छ हजार ८९८ र उपाध्यक्षमा नेकपा एमालेका कमलापती चौधरीले छ हजार ६७४ मत ल्याएर विजयी भएको छ ।

घोराही र तुलसीपुर उपमहानगरपालिकाको मतगनणा भने जारी छ ।