९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र

कीर्तिपुरमा नेपाली कांग्रेसको जित, एमालेको नराम्रो हार

कीर्तिपुरमा नेपाली कांग्रेसको जित, एमालेको नराम्रो हार
अ अ+ अ-

बामपन्थी राजनीतिको गढ मानिएको कीर्तिपुर नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ४६ जनप्रतिनिधि नेपाली कांग्रेसबाट विजयी भएका छन् । नेकपा एमालेले भने यहाँ दुई महिला सदस्य मात्र निर्वाचित गराउन सफल भएको छ ।

२०७४ सालको स्थानीय चुनावमा एमालेले प्रमुख, उपप्रमुख, ७ वडाध्यक्षसहित ३४ जनप्रतिनिधि जितेको थियो । एमालेका रमेश महर्जनले कांग्रेसका राजकुमार नकर्मीलाई दुई हजार ६०० भन्दा बढी मतान्तरले हराउनु भएको थियो ।

यो पटक कांग्रेसले राजकुमारलाई नै उम्मेदवार बनाएको थियो । एमालेले निवर्तमान नगर प्रमुख रमेश महर्जनको साटो केशरत्न बज्राचार्यलाई उम्मेदवार बनाएको थियो ।

कांग्रेसले अहिले नगर प्रमुख, उपप्रमुख, १० मध्ये ९ वडाध्यक्ष र ३३ वडा सदस्य जितेको छ । अन्यत्र गठबन्धन गरेको माओवादी केन्द्र र एकीकृत समाजवादी पनि कीर्तिपुरमा कांग्रेससँग प्रतिस्पर्धामा थियो ।

नकर्मी ९ हजार ४३ मतका साथ प्रमुखमा निर्वाचित हुनु भएको छ । एमालेका बज्राचार्यले ५ हजार ५०७ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा पनि कांग्रेसकै शुभलक्ष्मी शाक्य निर्वाचित हुनुभयो । उहाँले ८ हजार ६६५ मत ल्याउनु भएको थियो जबकी उहाँकी प्रतिस्पधी एमालेकी उम्मेदवार विन्दु महर्जनले ७ हजार २०६ मत प्राप्त गर्नु भयो ।

माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार बनेका शिवशरण महर्जनले ४ हजार ९० र उपप्रमुखका उम्मेदवार सुशीला बस्नेतले २ हजार २४० तथा एकीकृत समाजवादीका प्रमुखका उम्मेदवार वटुकृष्ण थापाले १ हजार १५३ तथा उपप्रमुखकी उम्मेदवार कमला महर्जनले ८७२ मत प्राप्त गर्नुभयो ।

काठमाडौंकै दक्षिणकाली नगरपालिकामा पनि नेपाली कांग्रेसले प्रमुख र उपप्रमुखमा जित दर्ता गरेको छ ।