काठमाडौं । नारायणहिटी दरबार संग्राहलयबाट श्रीपेच चोर्ने प्रयास भएको छ ।
दरबार संग्राहलयमा अवलकोनका लागि गएका रुकुम घर हुने एक युवकले संग्राहलयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए ।
सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको थियो ।
यसबारे अनुसन्धान शुरु भएको संग्राहलयले जानकारी दिएको छ ।










