९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कति सजिलै सर्छ अधिवेशनको मिति’



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १४ औं महाधिवेशन कार्यतालिका हेरेफेर गरेकामा असन्तुष्टि जनाएका छन् ।

केन्द्रीय समितिले निर्णय गरेको महाधिवेशन कार्यतालिका कुनै छलफलविना हेरफेर गरिएकामा उनले असन्तुष्टि जनाएका हुन् ।

उनले सामाजिक सञ्जालमाफर्त १३ जिल्लाको वडा अधिवेशनकै टुंगो नभएको भन्दै कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले भनेका छन्,

कति सजिलै सर्छ अधिवेशनको मिति !
१३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन।कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने।
बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने !
अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं।