१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

तोकिएको समय भन्दा सात महिना अघि नै पुल निर्माण गरी हस्तान्तरण

तोकिएको समय भन्दा सात महिना अघि नै पुल निर्माण गरी हस्तान्तरण
अ अ+ अ-

धनुषा ।  ठेक्का  सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले  सात महिना अगाडी नै तीन वटा पुल निर्माण गरेर देखाएको छ । ढल्केवर जनकपुर जटही सडक खण्डमा रसुवा निर्माण कम्पनीले सम्झौता अबधि सकिन सात महिना बाँकी रहदै  तीन वटा पुल निर्माण सम्पन्न गरि सरकारलाई हस्तान्तरण गरेको हो ।
ढल्केवर जनकपुर जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्नेगरी तीन वटा पुल निर्माण गरेको हो । सडक विस्तार भएदेखि सवारी साधनको चााप बढेको र भएको पुरोनो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकै चोटी तीन तीन वटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको स्थानिय वासीहरु बताउछन्।
सरकारसंग भएको सम्झौता अनुसार २०७८ चैत्र मसान्तमा तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने थियो । तर, काम सम्पन्न हुनुपर्ने मिति भन्दा सात महिना अगाडि नै  ७७ करोड २७ लाखको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो ।

नेपाल सरकार र रसुवा कन्स्ट्रक्सन बीच २०७६ असोज ३० गते सम्झौता भइ  मंसिरदेखि  काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ । औरही खोलामा ठेकेदारले सात महिना अगाडि तीनवटा पुल निर्माण गरेर हस्तान्तरण गरेपनि ढल्केवर जटहीमा ६ लेनकै सडकको सपही र नक्टाझिज स्थित खहरे खोलामा एकैदिन सम्झौता भएको अर्को निर्माण कम्पनीले जग निर्माण गरेर पुलको बााकी काम अधुरै  छाडेको छ  ।

औरही खोलामा निर्माण सम्पन्न  तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रुपमा राखिएको छ । पुलको लम्बाई १ सय ४३ दशमलब ५ मिटर र चौडाई ११ दशमलब ६ मिटर छ ।

यस अधि पनि दर्जनौ  स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधि भन्दा अगाबै निर्माण सम्पन्न गरि सकारलाई आयोजना हस्तारण गरिसकेको छ।जस वापत स्थानिय सरकार र संघ संस्थाहरुबाट रसुवा कन्स्ट्रक्सनलाई सम्मान समेत गरेका समाचारहरु आईरहेका छन्।

व्यवसायिक दक्षता र जिम्मरेवारी बोधका कारण आफ्नो कंम्पनीले सबै ठाँउमा ठेक्का सम्झौता अवधि भन्दा अगाबै निर्माण सम्पन्न गर्ने गरेको भनाई रसुवा कन्स्ट्रक्सन कंम्पनीका अघ्यक्ष राजेन्द्रराज आचार्य बताउछन्।