२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा नेमकिपाको अग्रता कायमै



अ+ अ-

भक्तपुर । भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ । भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा वडा नं १ देखि ३ सम्मको पाँच हजार ७३६ मतगणना भएको छ । जसमध्ये नेमकिपाको नगरप्रमुखमा सुनील प्रजापतिले तीन हजार ९५१ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ४३३, नेकपा (एमाले)का रवीन्द्र्र लाछिमस्युले ३७१, नेकपा (माओवादी केन्द्र)का तुल्सीभक्त सुवालले १४४ र स्वतन्त्रतर्फबाट सत्यराम त्वायनाले ३०४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेमकिपाका रजनी जोशीले तीन हजार ९९१, गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका ओमचरण अमात्यले २५२, नेकपाका इन्द्रमाया सुवालले १६५, नेकपा (एमाले)का रञ्जना चापागाई खबुजाकले ३९८ मत प्राप्त गरेको छ ।

वडाध्यक्षमा नेमकिपाबाट क्रमशः १, २, ३ मा १८४६, ६१६, १४९४ मत प्राप्त गरेर अग्रता कायम राखेको छ । त्यसैगरी नेपाली कांग्रेसकाबाट ४२, ७८, २०६, एमालेबाट क्रमशः ३५४,११२,९२ र माओवादीबाट १९, ५१ र ५६ मत प्राप्त गरेको छ ।