२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुवासले जिते सूर्य नेपाल गल्फ उपाधि



सूर्य नेपाल गल्फ २०७९
अ+ अ-

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जितेका छन् ।

गोकर्ण गल्फ क्लबको कोर्समा बिहीबार भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि जितेका हुन । यससँगै सुवास गल्फको मुख्य तीन उपाधि जित्ने पहिलो एमेच्योर खेलाडी समेत बनेका छन । १३ औं सागका दुई स्वर्ण विजेता सुवासले यस अघि २०१९ मा सुर्य नेपाल च्यालेन्ज र अप्रिलमा सुर्य नेपाल वेस्टरन ओपन जितेका थिए ।

अन्तिम दिन ४ अन्डर ६८ अंक जोडेका सुवासले कुल १९ अन्डर २ सय ६९ अंक जोडे । शुक्र र भुवनले कुल १२ अन्डर २ सय ७८ अंक जोडेका थिए । व्यावसायिक खेलाडीतर्फ संयुक्त पहिलो बनेका शुक्र र भुवनले समान १ लाख ११ हजार ५ सय प्राप्त गरे ।

एमेच्योर खेलाडी भएकाले सुवासले नगद पुरस्कार भने प्राप्त गर्न सकेनन् । रबि खड्का ६ अन्डर २ सय ८२ अंकसहित समग्रमा चौंथो तथा व्यावसायिकतर्फ तेस्रो बने । उनले ६५ हजार प्राप्त गरे । निरज तामाङले कुल ६ अन्डर २ सय ८४ अंकसहित चौंथो बन्दै ५३ हजार ५ सय नगद पाए ।

धन बहादुर थापाले ३ अन्डर २ सय ८५ अंकसहित पाँचौं बन्दै नगद ४५ हजार प्राप्त गरे । नेपाल गल्फर एसोसियनले आयोजना गरेको प्रतियोगितामा ३१ प्रोफेसनल र १३ एमेच्योर गल्फरको सहभागिता रहेको थियो ।

सूर्य नेपाल गल्फ २०७९
सूर्य नेपाल गल्फ २०७९




भर्खरै