९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक छाडेर हिँडे भीम रावल



file photo
अ+ अ-

काठमाडैं । पछिल्लो दुई दिनदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । विधान महाधिवेशनको तयारीमा रहेको एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । 

उपाध्यक्ष भीम रावल भने जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन् ।

आजै (आइतबार) बसेको बसेको स्थायी कमिटी बैठकमा उनलाई  आफ्ना कुरा राख्न भनिएको थियो । तर उनले त्यहाँ आफ्नो केही कुरा नरहेको बताएका थिए ।

रावलले आफूले समय आएपछि बोल्ने भन्दै मौन बसेका थिए । स्थायी कमिटी सकिएर लगत्तै बसेको केन्द्रीय कमिटी बैठकमा पनि उनी केही बेर बसेर बाहिरिएका हुन् । 

नेता रावलले असार २७ को १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राख्दै आएका छन् ।