१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

सार्वजनिक ओहोदामा बस्नेले आलोचक पाल्नुपर्छ: पूर्वसेनापति कटवाल

सार्वजनिक ओहोदामा बस्नेले आलोचक पाल्नुपर्छ:  पूर्वसेनापति कटवाल
अ अ+ अ-

ड्यालस (अमेरिका) । नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले सार्वजनिक ओहोदामा बस्ने व्यक्तिले आफ्नो आलोचना गर्ने व्यक्ति पालेमा मात्र सफल हुन मद्दत मिल्ने अनुभव सुनाएका छन् ।
 
शनिबार टेक्ससको ड्यालसमा नेपाल अमेरिका पत्रकार संघ ९नेजा० ले आयोजना गरेको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा कटवालले बाहिरको प्रतिक्रिया बुझ्न आफूबाट गरेका सही एवं गलत कार्यहरुका बारेमा यथार्थ जानकारी लिनका लागि आलोचकहरु तयार पारेर उनीहरुको कुरा आफूले सुनेका अनुभव प्रस्तुत गरे ।
 
‘पदमा हुँदा चाकडी गर्नका लागि आफ्ना बारेमा राम्रा कुरामात्र सुनाउने जमातहरु हुन्छन् । तर तिनका कुराभन्दा आलोचकका कुरा सुनेमा आफूबाट कामको दौरानमा भए गरेका गल्ती कमजोरी सुधार्न सहयोग पुग्छ’, कटवालले भने ।
 
प्रधान सेनापति पदमा वहाल हुँदा बाहिरका आलोचनाहरु, प्रतिक्रियाहरु बुझ्नका लागि एक जना वरिष्ठ सैनिक अधिकारीलाई जिम्मा नै दिएको प्रसङ्गसमेत उनले जोडे । राजा अकबरदेखि लिएर महेन्द्रसम्मले आलोचकहरु तयार पारेर सफल भएको सन्दर्भ प्रस्तुत गर्दै खराब नियत भएको आलोचक होइन, असल नियत भएको र नडराई यथार्थ कुरा भन्न सक्ने आलोचकहरु तयार पार्नुपर्ने बताए ।
 
पृथ्वीनारायण शाहका कारण अहिलेको नेपाल देश भन्न पाइएको उल्लेख गर्दै कटवालले इतिहास मेट्न नहुने धारणा राखे । संसारका कुनै पनि देशले आफ्नो इतिहास मेटेका छैनन् । भारतदेखि बेलायत, अमेरिका कुनै पनि देशले आफ्नो इतिहास नमेटेको र नेपालले पनि पृथ्वीनारायण शाहको इतिहास मेट्न नहुने उल्लेख गरे ।
 
आफ्नो सक्रियतालाई अनुमान गरेर विभिन्न व्यक्तिहरुले राजनीतिक दल खोल्न लागेको अनुमान गरे पनि आफू त्यसतर्फ नलागेको उनले बताए । ‘मैले बोल्न पाएकै छु, हिँडडुल गर्न पाएकै छु । किन दल खोल्नुपर्‍यो रु’, उनले प्रश्न गरे ।
 
अमेरिका भ्रमणमा रहेका कटवाल शुक्रबार र शनिबार ड्यालसका विभिन्न संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा व्यस्त थिए । पदावधिको केही महिनामात्र बाँकी हुँदा २०६६ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हठात निर्णय गरेर प्रधान सेनापतिबाट हटाउने निर्णय गरेपछि कटवाल त्यसयता निकै चर्चित छन् । कटवाललाई हटाउने निर्णयका कारण तत्कालीन माओवादी नेतृत्वको सरकार गिरेको थियो ।
 
२०६६ सालमा अवकाश पाएका कटवाल त्यसयता सामाजिक क्रियाकलापमा सक्रिय छन् । कार्यक्रम नेजा अध्यक्ष विकासराज न्यौपानेको सभापतित्व र महासचिव सुरज भण्डारीको सञ्चालनमा भएको थियो ।