काठमाडौं । बुद्ध एयरको जहाज सुरक्षित अवतरण गरिएको छ । केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको हो ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगरमा अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको थियो ।