१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सातौँ पटक म्याद थप्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सातौँ पटक म्याद थप्ने तयारी
अ अ+ अ-

भैरहवा । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसार माझ जोड्नका लागि निकै उत्साहका साथ सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको छैन ।

तत्कालीन प्रधानमन्त्री शुसील कोइरालाले वि.स. २०७१ साल माघ १ गते शिलान्यास गरेको राष्ट्रिय गौरवको यो आयोजना काम शुरु गरेको तीन वर्षमा सक्ने लक्ष्य राखिएको भएपनि अहिले सम्म पुरा हुनसकेको छैन ।

तीन वर्षमा सक्ने लक्ष्यका साथ  ३१ डिसेम्बर २०१४ मा  लगभग रु. ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले लिएको भएपनि निर्माण शुरुभएको  ७ वर्ष सम्म निर्माण कार्य पूरा नभएको हो ।

छैठौँ पटक थपिएको म्याद सन् २०२१ जुन अन्तिम भित्र निर्माण कार्य नसकिएपछि निर्माण कम्पनीले नागरिक उड्डयन प्राधिकरण मार्फत सरकारलाई सातौँ पटक म्याद थप्नका लागि पहल गरेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राािष्ट्रय विमानस्थलका  आयोजना प्रमुख इ. प्रवेश अधिकारीले जानकारी दिनुभयो ।

विभिन्न कारणले आयोजना निर्माण कार्य पूरा नभएपछि २०२१ डिसेम्बरसम्ममा सक्ने लक्ष्यका साथ सातौँ पटक म्याद थपका लागि पत्रचार भएको आयोजना प्रमुख इ.  अधिकारीले बताउनुभयो ।

विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख इ.  अधिकारीले भन्नुभयो, हामी अहिले प्राविधिक रुपमा ९८ प्रतिशत कार्य सकिएको छ । अब क्यालिब्रेसन फ्लाईटको तयारी, फिनिसिङ, फर्निचर, फर्निसिङको काम गरिरहेका छाँै ।

विमानस्थलको निर्माण कार्य शुरु भएसंगै भएको मधेस आन्दोलन, भारतीय नाकाबन्दी, भुकम्प र कोभिड जस्ता विभिन्न कारणले तोकिएको समयमा नसकिएको निर्माण कार्य अबका केही महिनाभित्र सकिने गौतम बुद्ध अन्तर्राािष्ट्रय विमानस्थलका  आयोजना कार्यालयले जनाएको छ ।

विदेशी दक्ष जनशक्तिका साथ विमानस्थलमा प्राविधिक उपकरण जडान गरिसकेको छ । धावन मार्ग, टावर, विमानस्थलमा सूचना तथा विद्युतीकरण, रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरणहरु, व्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिन आदि यन्त्र– उपकरण जडान, सुरक्षा पोस्टहरु सम्पन्न भैसकेको आयोजना कार्यालयले बताएको छ ।  आयोजना कार्यालयले सेन्ट्रल एसी, उडान जानकारी डिस्प्ले, फर्ड लाइट, मौसम पूर्वानुमान उपकरण, सीसी टिभि लगायतका सम्पूर्ण प्रविधिहरु जडान गरिएको आयोजना कार्यालयको दाबी रहेको छ ।

तीन किलोमिटर लामो धावनमार्ग भएको यो विमानस्थलमा बोइङ ७७७–२००, एयरबस, ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्ने सक्नेछन् ।

यो विमानस्थल सञ्चालन पछि लुम्बिनीमा वार्षिक करिब ३० लाखभन्दा बढी बौद्ध धर्मावलम्बी ल्याउने लक्ष्य राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा हेरिएको यो विमानस्थल सञ्चालन पछि विश्वबाट सबै उडानहरु यहाँबाट हुने छन् । (रासस, कमल रायमाझी)