१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेशः भूमि आयोग विघटनको निर्णय फाइल झिकाउनु



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने देउवा सरकारको साउन १९ गतेको निर्णय फाइल झिकाउन आदेश दिएको छ । 

सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको इजलासले भूमिसम्बन्धी समस्या आयोग विघटन गर्ने निर्णय फाइल झिकाउन आदेश दिएको हो ।

सो आदेशसँगै नयाँ आयोग गठन आदेश र नयाँ पदाधिकारी नियुक्ति सम्बन्धी निर्णयको फाइल समेत मगाइएको छ ।

गत भदौ २५ मा देउवा सरकारले तत्कालीन आयोग विघटन गरेर नयाँ आयोग गठन गरेको थियो । २९ मा नयाँ आयोग गठन गरिएको थियो जसको नेतृत्वमा केशव निरौला रहेका थिए ।   ।

तत्कालीन आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवार काठमाडौंलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।