१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पतिको सवारी कर छुटको लागि सांसदको पत्र



अ+ अ-

जनकपुरधाम । प्रदेश २ की सांसद प्रमिला यादवले आफ्ना पति अशोक यादवले चढ्दै आएका मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी छन् ।

प्रदेश सांसद यादवले स्वकीय सचिव समेत रहेका अशोक यादवले चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी हुन् ।

प्रमिला नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् । उक्त निवेदन लिएर सोमबार अशोक यातायात कार्यालय लहान पुगेपनि कार्यालयले भने कर छुट गर्न नमिल्ने जनाएको छ ।