काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजकका जिम्मेवारीे भीम रावललाई दिएको छ ।
स्थायी कमिटीको सोमबार बसेको बैठकले शंकर पोखरेललाई कार्यदलमा थप गर्दै रावललाई संयोजक तोकेको हो ।
यसअघि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिलाई विस्तार गरिएको हो । रावलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
कार्यदलमा महासचिव पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन् ।