६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेतबारीमै पुगेर मत माग्दै उम्मेदवार



अ+ अ-

दमौली । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कारण गाउँ–गाउँमा चुनावी गतिविधि बढेको छ ।

उम्मेदवार र राजनीतिक दलका नेताहरु मतदातालाई भेट्न घर–घरमा पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारीमा भएपनि पुगेर उम्मेदवारले आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् । तनहुँ का विभिन्न ठाउँमा मतदातालाई भेट्न उम्मेदवार खेतबारीसम्म पुगेका छन् । म्याग्दे गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले म्याग्दे–३ स्थित मकै गोडिरहेका मतदातासँग बारीमै पुगेर मत माग्नुभएको छ ।

अहिले मकै गोड्ने बेला परेकाले कतिपय मतदाता बारीमा भेटिने भएकाले बारीसम्म पुगिएको श्रेष्ठले बताउनुभयो । आफूले सम्भव भएसम्मका मतदातालाई भेट गरेको श्रेष्ठले बताउनुभयो । घरदैलो अभियानमा आफ्नो प्रतिबद्धता मतदाता समक्ष राख्ने गरेको उहाँको भनाइ छ । म्याग्देलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने बारेमा मतदाताको सुझाव समेत लिने गरेको उहाँले बताउनुभयो । आफ्नो चुनावी घोषणापत्र भएपनि कतिपय विषय मतदाताको अपेक्षा पनि रहने र त्यसैलाई सम्बोधन गरि निर्वाचित भएपछि काम गर्ने श्रेष्ठले बताउनुभयो ।

ऋषिङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरिराज कँडेलले पनि मकै बारीमा पुगेर मतदातालाई भेट्नुभएको छ । “टाढाबाट नमस्कार गरेर पनि मत माग्न सकिन्थ्यो तर मतदाताको भावनाको सम्मान गर्नका लागि पनि बारीसम्म पुगेको छु”, उहाँले भन्नुभयो । मतदातालाई बारीसम्म पुगेर आफ्ना कुराहरु राख्न पाउनु र उहाँहरुको कुरा सुन्न पाउनु पनि सकारात्मक विषय भएको कंडेलले बताउनुभयो ।

बारीसम्मै आइपुगेर मत मागेपछि कृषकहरु खुसी भएका छन् । कृषकले आफूलाई भेट्न उम्मेदवार बारीसम्म आइपुगेपछि खुसी लागेको प्रतिक्रिया दिँदै समयमै बीउ र मलको व्यवस्थापन हुनुपर्नेमा उम्मेदवारसँग माग गरेका छन् । ऋषिङ गाउँपालिकाकै अध्यक्षका उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले पनि बारीमा काम गरिरहेका मतदातासँग भेटेर मत माग्नुभएको छ ।

व्यास नगरपालिकाका उम्मेदवार पनि खेतबारी र गोठाला गएका कृषकलाई भेट्दै मत माग्न व्यस्त छन् । नेपाली कांग्रेसबाट व्यास नगरपालिका–११ अध्यक्षका उम्मेदवार दलबहादुर दुराले गोठाला गएका कृषकसँग भेट गर्दै मत माग्नुभएको छ । बाख्रा चराउन पुग्नुभएकी एक महिलासँग भेटेर मत माग्दै दुराले आफ्नो कार्ययोजना सुनाउनुभएको छ ।

स्थानीय कांग्रेस नेता विवेक भट्टराईका अनुसार घरघरमै पुगेर मतदातालाई भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा चलेको छ । घरमा नभेटिए खेतबारीसम्म पुगेर पनि मतदातासँग भेटघाट गरिएको उहाँले बताउनुभयो । “खेतीपातीको समय भएकाले उम्मेदवार खेतबारीमै पुगेर पनि मत मागिरहनुभएको छ”, उहाँले भन्नुभयो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सत्तारुढ गठबन्धनका तर्फबाट भिमाद नगरपालिकाका प्रमुखका उम्मेदवार काजीमान श्रेष्ठ र उपप्रमुखका उम्मेदवार मिलन आले नगरपालिकाका नौवटै वडामा घरदैलो गरिरहनुभएको छ ।

घरदैलोका क्रममा जनताको समर्थनले उत्साह थपेको प्रमुखका उम्मेदवार श्रेष्ठले बताउनुभयो । “भिमादलाई समृद्ध बनाउने सङ्कल्पसहित गठबन्धन गरेर अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो “भिमादलाई कस्तो बनाउने भन्नेबारेमा जनतासँगै राय सुझाव लिएर अगाडि बढ्छौँ” । उपप्रमुखका उम्मेदवार आलेले नागरिक कोषअन्तर्गत दैनिक रु एक अभियान सञ्चालन गरिने बताउनुभयो । नगरका हरेक बासिन्दाले यस कोषमा दैनिक रु एक सहयोग गर्नसक्ने र सङ्कलन भएको रकम नगरवासीको शिक्षा र स्वास्थ्यमा खर्च गरिने उहाँले बताउनुभयो ।

सत्तारुढ गठबन्धनकै तर्फबाट शुक्लागण्डकी नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णराज पण्डित र खुमबहादुर विक पनि जनताको मन जित्ने उद्देश्यका साथ घरदैलोमा व्यस्त हुनुुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नगरप्रमुखका उम्मदेवार मुक्तिनाथ तिमिल्सिना र उपप्रमुखमा उम्मेदवार फूलमाया थापाले पनि वडामा घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । रासस