६ आश्विन २०८१, आईतवार
,
Latest
रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा ३७ हजार नयाँ मतदाता थपिए



अ+ अ-

बागलुङ । पछिल्लो पाँच वर्षमा यहाँ झण्डै ३७ हजार मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह चुनावमा एक लाख ५६ हजार ८०२ मतदाता रहेकामा अहिले त्यो सङ्ख्या बढेर एक लाख ९३ हजार ६२५ पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन् । जहिल्यैका चुनावमा महिला मतदाताको सङ्ख्या बढी हुन्छ । अघिल्लो स्थानीय तह चुनावमा ८२ हजार ८३९ महिला र ७२ हजार ९६३ महिला मतदाता थिए । चुनाव घोषणा हुनअघि निर्वाचन आयोगले अभियान नै चलाएर मतदाता नामावली सङ्कलन गर्ने गर्छ । त्यसबाहेक नियमित प्रक्रियाबाट पनि मतदाता नामावली सङ्कलन भइरहेको हुन्छ । चुनाव घोषणा भएसँगै मतदाता नामावली दर्ता रोकिने गर्छ ।

नयाँ थपिने मतदातामा लगभग सबै युवा नै हुन्छन् । दलहरुलाई चुनाव जित्न नयाँ मतदाता निर्णायक हुन सक्छन् । युवा पिँढीले मन परेको उम्मेदवारलाई आफ्नै स्वविवेकमा मत दिने सामाथ्र्य राख्छन् । मतदाता थपिँदै जाँदा दलहरुको चुनावी गणित पनि बदलिँदै जान्छ । पहिलेको चुनावको हिसाबकिताबले मात्र काम नगर्ने हुनसक्छ ।

जिल्लाभरका गरी ४६९ जनप्रतिनिधि छान्न यहाँका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यहाँ चार नगरपालिका र छवटा गाउँपालिका छन् । मतदानका लागि १०३ मतदानस्थल र २३० मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो ।

मतदानको दिन नजिकिँदै गर्दा निर्वाचन अधिकृतका कार्यालय, सुरक्षा निकायसहित सम्बद्ध पक्ष व्यवस्थापकीय काममा खटिएका छन् । चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आवश्यक सबै प्रबन्ध चुस्त पारिएको जनाइएको छ ।

मतदान केन्द्र केन्द्रित तयारी अघि बढेको निर्वाचन अधिकारी रिजालले बताउनुभयो । उहाँका अनुसार मतदान सम्पन्न गराउन यहाँका दस स्थानीय तहमा गरी २३० जना मतदान अधिकृत खटाइएको छ । एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित पाँच कर्मचारी र तीन जना स्वयंसेवक खट्ने जनाइएको छ । मङ्गलबार बेलुकासम्म कर्मचारी, सुरक्षाकर्मी र चुनावका सामग्री मतदान केन्द्रमा पुगी सक्नेछन् ।