२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तेइस सिट ल्याउने पार्टीका अध्यक्ष ढोडका लौराहरु टेकेर सरकार चलाउँदै हुनुहुन्छ’



file
अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाप्रति कटाक्ष गर्दै ढोडको लौरो टेकेर सरकार गठन गरेको आरोप लगाएका छन् ।

कैलालीको बर्दगोरिया गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘सरकारमा पुगेपछि आफ्ना मान्छेलाई व्यवस्थापन गर्ने बाँडीचुँडी खानका लागि गठबन्धन बनेको हो । यो गठबन्धन कसरी बनेको थियो हामीले ध्यान दिनु जरुरी छ ।’

ओलीले अगाडी भने ‘ आज २७५ सिट र १६५ प्रत्यक्ष निर्वाचन भएको देशमा, त्यो संसदमा, २३ सिट ल्याएको कांग्रेस पार्टीका अध्यक्ष अरु विभिन्न प्रकारका ढोडका लौराहरु टेकेर सरकार गठन गर्दै हुनुहुन्छ र हिँड्न खोज्दै हुनुहुन्छ ।’

यस्तै, ओलीले अहिलेको सरकारलाई परमादेशी सरकारको संज्ञा दिँदै आगामी स्थानीय निर्वाचनमा त्यसलाई विदाई गर्ने सन्देश दिनुपर्ने बताउँदै एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

विकास र समृद्धिका कुरामा बढी समय खर्चिएका ओलीले कैलालीका १३ स्थानीय तहमा एमालेले विजय प्राप्त गर्नेमा ढुक्क भएको बताए।

आफूहरू प्रति विभिन्न कोणबाट आक्रमण भइरहेको तर त्यस्ता आक्रमणको विद्रोह भइरहेका कारण देशमा अबको आवश्यकता एमाले भएको प्रस्ट भइसकेको ओलीले दाबी गरे ।